मोरङकाे सीमानाकाे चोरबाटोबाट तस्करी

विराटनगर । विगत ६ महिनादेखि नेपाल भारतको मुख्य सीमाना सिल गरिएको छ । कोरोना संक्रमण र नियन्त्रणको लागि सीमाना लक गरिएको हो । सीमाना नजिकैका स्थानीयहरु भने खुल्ला सीमानाको फाइदा उठाउँदै चोरबाटोबाट आवत जावत अवैध मालसामान ओसारपसार गर्न भने छोडेका छैनन् । खुल्लारुपमा आवत जावतमा कढाई गर्न र तस्करी रोक्नको लागि मोरङ प्रहरीले सीमानामा थप […]

Continue Reading

अल्पकालीन व्यवस्थापन स्थल भरियो, काठमाडौंको फोहर व्यवस्थापन समस्या

काठमाडौं, २० भदौ । अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौं महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भरिएपछि लामो समयदेखिको […]

Continue Reading

अब कोरोना परीक्षणको रिपोर्ट मोबाइलमा

भरतपुर, २० भदौ : चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट मोबाइलमै पठाउन शुरु गरेको छ । भरतपुर अस्पताल मातहत रहेको प्रयोगशालाले आजदेखि मोबाइलमै रिपोर्ट पठाउन शुरु गरेको हो । अस्पतालका इन्जिनीयर विभाग प्रमुख चन्द्रमणि बस्यालले प्राविधिकरुपमा तयारी सकेर डेमोका रुपमा म्यासेज पठाइएको बताउनुभयो । “कोरोना परीक्षणको नमूना दिएर रिपोर्ट पर्खिरहेकालाई आजदेखि औपचारिक रुपमा मोबाइलमै […]

Continue Reading

नेपालमा ह्वात्तै बढ्यो कोरोना , आज मात्रै १ हजार ३५९ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त […]

Continue Reading

डाँडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना

गणेश सिंह धामी / ताजा पत्रिका दार्चुला , १९ भदौ। दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं.५ डाँडाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । लामो समय देखि डाँडाकोट बासीहरुको माग सम्वोधन भएको छ । करिब २७०० जनसंख्या रहेको,कृषि प्राविधिक शिक्षालय,मा.वि., स्वास्थ्य कार्यालय,ईलाका हुलाक,पसु सेवा कार्यालय,वडा कार्यालय लागायतका सरकारी कार्यालयहरु समेत रहेको यस वडामा प्रहरी कार्यालय स्थापनाका […]

Continue Reading

भदौभर आर्थिक सहायता बन्द

काठमाडौँ, भदौ १९ गते । वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउँदै आएको आर्थिक सहायताबापतको रकम भदौभरका लागि बन्द गरेको छ । सहायताबापतको रकम लिन धेरैजसो काठमाडौँ नै आउनुपर्नेमा पछिल्लो समय कोरोना महामारीको जोखिम बढेकाले उपत्यकामा निषेधाज्ञा जारी रहेको हुँदा बोर्डले सूचनामार्फत भदौ मसान्तसम्मका लागि सहायता रकम दिन बन्द गरेको जनाएको हो । हुन त बोर्डले आर्थिक […]

Continue Reading

विदेश बाट ३४८ जना नेपाली स्वदेश फर्किए

काठमाडौँ, १८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम ९नेपाल एयरलायन्स० को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ । निगमले नियमित उडानअन्तर्गत आज काठमाडाँै–नारिता […]

Continue Reading

धौलागिरि अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

बागलुङ : धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ । यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ । “अवस्था के कस्तो आउँछ आँकलन गर्न सकिँदैन”, अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोख्रेलले भने, “त्रिवि […]

Continue Reading

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपियो

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ । जोखिम बढेपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ।

Continue Reading

जनकपुरमा एक महिलाले जन्माइन् ४ बच्चा, आमाको अवस्था गम्भीर

धनुषा : धनुषामा एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी छिन् । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् । उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा जन्मनुलाई दुर्लभ घटना बताएकी छन् । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल […]

Continue Reading