मेस्सीको प्रतिबन्ध फुकुवा

खेलकुद

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्को महिना विश्वकप छनोटअन्तर्गत हुने खेल खेल्न पाउने भएका छन् । गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए । तेस्रो स्थानको खेलमा चिलीविरुद्ध खेल्दा मेस्सी र मिडफिल्डर ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेस्सीले उक्त निर्णयविरुद्ध दिएको अभिव्यक्तिललाई लिएर दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले मेस्सीलाई कारवाही गरेको थियो ।

मेस्सीले उक्त प्रतियोगिता ब्राजिललाई जिताउने हेतुले नै आयोजना गरेको आरोप लगाएका थिए । निकै आक्रोशित देखिएका मेस्सीको उक्त अभिव्यक्तिलाई कन्मेबलले निकै गम्भीर रुपमा लिएको जनाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा ब्राजिलले पेरुलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

मेस्सीलाई कन्मेबलले एक प्रतिस्पर्धात्मक खेलमा प्रतिबन्धको घोषणा गरेको थियो । गत वर्ष नै अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दा पनि मेस्सी उक्त खेलका लाग्य योग्य थिए । तर कोरोना भाइरसका कारण २०२० मा कुनै अन्तर्राष्ट्रिय खेल हुन नसक्दा मेस्सीले प्रतिबन्ध भोग्ने खेल आयोजना नै हुन सकेन ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिआले मेस्सीको प्रतिबन्धविरुद्ध अपिल गर्दै विश्वकप छनोटको इक्वेडर र बोलिभियाविरुद्ध खेलमा मेस्सी खेल्न पाउनु पर्ने माग गरेका थिए । उनले प्रतिबन्धको हद पार भइसकेको जनाउँदै मेस्सीले खेल्न पाउनुपर्ने दावी गरेका थिए । कन्मेबलले उक्त अपिलको अध्ययन गर्दै मेस्सीको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएको छ । यससँगै मेस्सीले विश्वकप छनोट अन्तर्गत अर्को महिना हुने खेलमा अर्जेन्टिनाबाट खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *