मोरङकाे सीमानाकाे चोरबाटोबाट तस्करी

समाचार

विराटनगर । विगत ६ महिनादेखि नेपाल भारतको मुख्य सीमाना सिल गरिएको छ । कोरोना संक्रमण र नियन्त्रणको लागि सीमाना लक गरिएको हो ।

सीमाना नजिकैका स्थानीयहरु भने खुल्ला सीमानाको फाइदा उठाउँदै चोरबाटोबाट आवत जावत अवैध मालसामान ओसारपसार गर्न भने छोडेका छैनन् ।

खुल्लारुपमा आवत जावतमा कढाई गर्न र तस्करी रोक्नको लागि मोरङ प्रहरीले सीमानामा थप जनसक्ति परिचालन गरेको मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए पनि चाेरबाटाेबाट हुने तस्करी भने बढिरहेकाे छ ।

एसपी सन्तोष खड्का सीमामा हुने अपराधलाई नियन्त्रण गर्ने र लुकिछिपि, मल, सुर्ति साथै किरानाका सामान वसारपसार भइरहेको भन्ने गुनासो आएपछि थप कढाइ गर्न जनशक्ति थप गरिएको बताएका छन् ।

उनले सीमानामा नेपाल प्रहरीका ३१ वटा युनिटमा ३७० प्रहरी खटाइएकोमा २०७७ भदाै २१ गते आइतबारदेखि १ सय सुरक्षाकर्मी थप गरिएको जानकारी दिएका छन् ।

भारतसंग सीमा जोडिएको मोरङको करिब ६३ किलोमिटर खुला सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ हजार ७० सुरक्षा कर्मीहरु खटाइएको छ । तैपनि चाेरबाटाेबाट हुने तस्करी राेकिएकाे छैन ।

सशस्त्र प्रहरीको विओपी र फरवाड पोष्ट गरी २३ वटा पोष्टमा ६ सय सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरी बल ३ नं. गण कंकालिनी मोरङका शसस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *