नेपाल स्वयंसेवक संघ दार्चुलाको नेतृत्व जोशी र बिष्ट लाई

अन्तरास्ट्रिय

गणेश सिंह धामी / ताजा पत्रिका दार्चुला । नेपालमा सामाजिक सेवामा समर्पित नेपाल स्वयंसेवक संघको दार्चुलामा पनि गठन भएको छ । जनकराज जोशी अध्यक्ष रहने गरी दार्चुला जिल्ला कमिटि गठन गरिएको हो ।

जसमा उपाध्यक्षमा निर्मला जोशी , सचीव राम सिह धामी ,सह–सचिव रिता धामी, कोषाध्यक्षमा पुणेश महर र जिल्ला इन्चार्जमा राजेश सिह बिष्ट चयन भएका हुन । त्यस्तै सदस्यमा अमर बोहोरा , पदम खडायत ,भुपेन्द्र सिंह बिष्ट , सुरन्ति महरा, कृष्ण ऐरी , हर्क सिंह धामी , जगदीश साउद , राजु सिंह धामी र प्रवक्तामा गणेश सिंह सामन्त रहेका छन्।

नेपाल स्वयंसेवक संघले समाज परिवर्तन तथा स्थानीय स्तरमा रहेको विभिन्न पक्षमा जनचेतनामुलक अभियान संचाल गर्नेछ । साथै आगामी दिनमा समाजमा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माणको देश ब्यापी अभियानमा लाग्ने निर्वाचित अध्यक्ष जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *