रुकुम पश्चिममा सोमाबार देखि निषेधाज्ञा हट्ने

राजनीति

रुकुम पश्चिम , २१ भदौ रुकुम पश्चिमको सदरमुकाम खलंगामा लगाइएको निषेधाज्ञा भोलिदेखि हट्ने भएको छ । भोलि सोमबार बिहान ४ बजेदेखि लागू हुनेगरी मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका ९ र १० नम्बर वडामा दुई सातादेखि लगाइएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले एक सुचना जारीगर्दै उक्त जानकारी दिएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि दोस्रो पटक भदौ १५ गतेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो भने भदौ ७ गतेदेखि १४ गतेसम्म पहिलोपटक निषेधाज्ञा लगाएको थियो। अब भने पुनः निषेधाज्ञा नथपिने भएको छ। दोस्रोपटक थपिएको निषेधाज्ञाको म्याद आज राति १२ बजे सकिदैछ ।

हालसम्म रुकुम पश्चिममा ६५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जस मध्ये ५५ जना कोरोना जितेर घर फर्किएका छन्।
पछिल्लो समय कोरोना संक्रमणका बिरामी नथपिएपछि बन्द रहेका जिल्ला प्रशासनका सम्पूर्ण कामाकाज नियमित संचालन हुने प्रसाशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *