डिउटीमा खटिएका प्रहरी जवानको बेहोस् भएर मृत्यु

Uncategorized

काठमाडौं, भदौ २० । कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए। उनी दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत रहेका थिए ।

उनको आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *