रोजगारी गुमाएका लाई नगरपालिकाले ऋण दिने

अन्तरास्ट्रिय

काठमाडौं : भक्तपुरको चाँगुनारायाण नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण रोजगारी गुमाई फर्किएका कामदारलाई ३ लाख रुपैयाँसम्म ऋण दिने तयारी गरेको छ ।

नेपाल पोलिसी ईन्टिच्यूट, वुमन ह्मेनेटेरियन एण्ड डीआरआर प्ल्याटफर्म तथा फोरम फर युथ ईन डीआरआरएमले बिहीबार आयोजना गरेको वेबेनायरमा बोल्दै चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले मेयर उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाखसम्म ऋण उपलब्ध गराउने तयारी गरेको बताए ।

युवालाई उद्यमी बनाउने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको भन्दै मेयर मिश्रले नगरपालिका क्षेत्रमा बसोबास गर्ने २१ देखि ५० वर्ष उमेर समूहका उद्यमी बन्न चाहनेहरु कार्यक्रममा संलग्न हुन सक्ने बताए । ऋण लगानीका विषयमा नगरपालिका र नेपाल बैंकबीच सहमति भएको मेयर मिश्रले जानकारी दिए ।

ऋण पाउन सम्बन्धित व्यक्तिले शुरु गर्न चाहेको उद्योग, त्यसकोे लागत, ऋण चुक्ता गर्ने लगायतको योजना पेश गर्नुपर्ने छ । पेश भएको योजना उपयुक्त भएमा नगरपालिका जमानी बसेर ऋण उपलव्ध गराइदिने छ । ऋणको ब्याज समेत ५ वर्षसम्म नगरपालिकाले नै तिरिदिने मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *