एकैपटक ४ बच्चालाई जन्म दिने महिलाको २४ घण्टा नबित्दै मृत्यु

राजनीति

सिन्धुली । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिने महिलाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।

बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *