तनहुँमा ट्राफिक प्रहरीको नमस्कार अभियान

समाचार

तनहुँ। जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए ।

प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए । उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *