जन्मदिनमा मास्क-फ्रि पार्टी गरेका कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना

Uncategorized

विश्वका कीर्तिमानी धावक तथा ओलम्पिकमा आठ स्वर्ण जितेका उसेन बोल्टलाई कोरोना भाइरसको संक्रमण भएको छ।जमैकन धावक बोल्टले ३४ औं जन्मदिनको अवसरमा चार दिनअघि माक्स-फ्रि पार्टी आयोजना गरेका थिए। पार्टी गरेको चार दिनपछि कोरोनाको संक्रमण भेटिएपछि उनी अहिले घरमै सेल्फ क्वारेन्टिनमा बसेका छन्।जमैकाको स्वास्थ्य मन्त्रालयले सोमबार बोल्टलाई कोरोना भएको पुष्ट गरेको हो।

सय र दुई समय मिटर दौडका विश्व कीर्तिमानी धावक बोल्टले यसअघि आफूले कोरोनाको टेस्ट गराएको र त्यसको नतिजा आउन बाँकी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेका थिए। त्यस लगत्तै मन्त्रालयले उनलाई कोरोना भएको जनाएको थियो।’सुरक्षित रहनका लागि म क्वारेन्टिनमा बसेको छु। अहिले मलाई सहज छ,’ उनले भिडिओमा भनेका छन्,’सबै सुरक्षित रहनु होला।’सन् २०१७ मा दौडबाट संन्यास लिएका बोल्ट लगातार तीन ओलम्पिकमा सय र दुई सय मिटरमा स्वर्ण जित्ने एक्ला धावक हुन्। उनले २००८, २०१२ र २०१६ को ओलम्पिकमा स्वर्ण जितेका थिए।

कोरोना लागेका बोल्टलाई कुनै लक्षण देखिएको छैन।उनले शनिबार कोरोनाको परीक्षण गराएका थिए। शुक्रबार उनले जन्मदिनको अवसरमा पार्टी गरेका थिए। जहाँ मास्क लगाउन अनिवार्य थिएन। सो पार्टीमा जमैकाका गायक कोफीले गीत गाएका थिए।उनले पार्टीपछि जीवनकै उत्कृष्ट जन्मदिन भन्दै इन्स्टाग्राममा फोटो पोस्ट गरेका थिए।अहिले बोल्टले गरेको उक्त पार्टीको आलोचना भइरहेको छ। सामाजिक दूरी कायम नगरेको तथा मास्क नलगाएको भन्दै कतिपयले आक्रोश व्यक्त गरेका छन्।कोलकताको मोहमेडन एससीले आई लिग-२ को फाइनल राउन्डका लागि अभ्यास सुरू गरेको छ।नेपालका फरवार्ड अभिषेक रिजाललाई भित्र्याएको मोहमेडन कोरोना भाइरसपछि प्रि-सिजन अभ्यास सुरु गर्ने पहिलो भारतीय फुटबल क्लब समेत बनेको छ।

२०२०-२१ सिजनको दोस्रो डिभिजनको फाइनल चरणबाट आइ लिगमा पुग्ने अभियानमा रहेको मोहमेडनले नेपालका अभिषेकसँग गत साता सम्झौता गरेको थियो। सम्झौतापछि अभिषेक भारत पुगिसकेका छन्।कोरोना भाइरसका कारण इन्डियन सुपर लिग (आइएसएल) को सिजन ६ को फाइनल अचानक स्थगित भएको थियो। यस्तै शीर्ष डिभिजनको आई लिगका खेल पनि सकिएका थिएनन्।पछि मोहन बगानलाई आई लिगको उपाधि दिने निर्णय गरिएको थियो। अब मोहन बगानले आइएसएल खेल्न पाउनेछ।दोस्रो डिभिजनको लिग पनि समूह चरणका दौरान स्थगित भएका थिए। पछि दोस्रो डिभिजनको अन्तिम चरणका लागि शीर्ष ६ टिमलाई छनोट गरिएको थियो। यद्यपी एफसी केरालाले प्रतियोगिता नखेल्ने निर्णय गरेको छ।दोस्रो डिभिजनको लिगको अन्तिम राउन्ड सेप्टेम्बरको अन्त्यबाट गर्ने जनाइएको छ। सबै खेल वेस्ट बंगाल हुनेछन्। अन्तिम राउन्डमा पुगेका मध्ये एक टिम आइ लिगमा पुग्नेछ।

मोहमेडन एससीले कल्याणीमा मंगलबारदेखि प्रिसिजन क्याम्प राख्नेछ। त्यसका लागि क्लबले प्रोटोकल समेत बनाएको छ।अभ्यास गरिने कल्याणी स्पोर्ट्स कम्प्लेक्समा दुई वटा स्यानिटाइजेसन टलेन बनाइएको छ। मिडिया र दर्शकलाई प्रवेश निषेध गरिएको छ। समाजिक दूरी कायम गरिरेनछ र दैनीक रुपमा सबै खेलाडीको स्वास्थ्य परीक्षण गरिनेछ।मोहमेडनले सिजनका लागि ३४ जना खेलाडीको नाम पनि सार्वजनिक गरेको छ। जसमा नेपालका अभिषेकसहित विल्स प्लाजा, इजे किङ्ग्ले, अनवार अलीसँग पछिल्लो पटक सम्झौता गरिएका खेलाडी हुन्। नयाँ प्रशिक्षकमा पञ्जाव एफसीका पूर्व प्रशिक्षक यान ल नियुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *