फाइनल हारेपछि नेइमार र एमबाप्पे भावुक, नेइमारले भने- हार पनि खेलको पाटो हो

समाचार

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा जर्मन च्याम्पियन वायर्न म्युनिखसँग पराजित भएपछि फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नेइमार र केलियन एमबाप्पे निकै भावुक बने।खेल सकिएपछि नेइमारलाई सम्हाल्न केही खेलाडी देखिएका थिए। पुरस्कार वितरण समारोहसम्म भावुक बनेका नेइमार र एमबाप्पेले समाजिक सञ्जालमार्फत भने वायर्नलाई बधाइ दिएका छन्।’हार खेलको एउटा पाटो हो। हामीले जित्नका लागि सबैथोक गर्‍यौ। अन्त्यसम्म लड्यौ,’ नेइमारले लेखेका छन्,’समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहान्छौं। वधाइ वायर्न।’आइतबार अबेर राति पोर्चुगलको लिस्बनमा भएको फाइनलमा भिडन्तमा पिएसजीलाई वायर्नले १-० गोलले पराजित गरेर छैटौं पटक उपाधि जितेको हो। वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो।

खेलमा पिएसजीका एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए।२१ वर्षीय एमबाप्पेको च्याम्पियन्स लिग जित्ने सपना यो सिजन पूरा हुन सकेन। चार लिग वान र विश्वकपको ट्रफी जितिसकेका एमबाप्पेले आफ्नो लक्ष्य च्याम्पियन्स लिग भएको बताएका थिए।एमबाप्पेले उपाधि जित्न नसक्दा दुख लागे पनि वायर्नलाई बधाइ दिन भने चुकेनन्।’यो वर्ष उत्कृष्ट अवार्ड हात पार्न नसक्दा दुख लागेको छ। तर जीवन यस्तै हो,’ उनले लेखेका छन्,’हामीले सक्ने जति गर्‍यौ। वायर्नलाई बधाइ छ। र तपाईंहरुको समर्थनका लागि धेरै धेरै धन्यवाद छ।’

जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। उपाधि भिडन्तमा वायर्नले फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो।वायर्नको जितमा किङ्गस्ले कोम्यानले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ५९ मिनेटमा हेडमार्फत गोल गरेका थिए।जोसुआ किमिचले उपलब्ध गराएको पासमा कोम्यानले गोल गरेका थिए।

यससँगै वायर्नले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो। यता पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमायो।खेलमा पिएसजीका केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले विफल पारेका थिए। यस्तै पहिलो हाफमा वार्यनका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको प्रहार पोस्टमा लागेर फर्किएको थियो।कोरोना भाइरसका कारण पोर्चुगलको लिस्बनमा क्वार्टरफाइनल देखिका सबै खेल भएका थिए। यस्तै खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको थियो।

उपाधि जितेसँगै वायर्नले लिभरपुलको कीर्तिमानसँग बराबरी गरेको छ। छ पटक उपाधि जितेर बढी उपाधि जित्ने टिमको तेस्रो स्थानमा रहेको लिभरपुलसँग वायर्नले बराबरी गरेको हो।रियल म्याड्रिडले सर्वाधिक १३ पटक जितेको छ भने एसी मिलान ७ पटक जितेर दोस्रो स्थानमा छ।वायर्नले यस सिजनको उपाधि जित्ने क्रममा लगातार ११ खेल जित्यो। जसमा वायर्नले ४३ गोल गर्‍यो। वायर्न च्याम्पियन्स लिगको सबै खेले जितेर उपाधि जित्ने पहिलो टिम बन्यो।वायर्नले क्वार्टरफाइनलमा स्पेनिस महारथी बार्सिलोनाविरुद्ध हात पारेको ८-२ को जित चर्चित रह्यो। समूह चरणको दुई लेगमा वार्यनले इंग्लिस क्लब टोटनह्यामविरुद्ध १० गोल र अन्तिम १६ को दुई लेगमा अर्को इंग्लिस क्लब चेल्सीविरुद्ध ७ गोल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *